गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

गोदावरी खोलामा फसेका ६ जनाको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरी खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरूमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० बस्ने ६५ वर्षीय कल्लु सार्की, ६५ वर्षीया बिना सार्की र १२ वर्षीय योगेश सार्की, २५ वर्षीय दिपक सार्की तथा बेदकोट नगरपालिकाका ३५ वर्षीय वीर सार्की र २२ वर्षीय अर्जुन सार्की छन् ।

उनीहरू गोदावरी खोलामा बुधबार दिउँसो श्राद्ध गर्न गएको बेला खोलामा पानीको बहाव बढेपछि फसेका थिए । लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बाहिनी मुख्यालय अत्तरिया कैलाली, नम्बर ३४ गण र नम्बर ४३ रिजर्भ गणबाट खटिएको सुरक्षा फौजले अन्य सुरक्षा निकायको सहयोगमा सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।