आज काठमाण्डु उपत्यकासहित यी २६ जिल्लामा बाढीको जोखिम (सूची)

आज काठमाण्डु उपत्यकासहित यी २६ जिल्लामा बाढीको जोखिम (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २६ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका २६ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।

साथै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब पनि आज उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।