काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारीसाधन चालकविरुद्ध ट्राफिक प्रहरीले कडा निगरानी गर्ने भएको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार जारी गरेको सूचनामा अत्यावश्यक र विशेष परिस्थितिबाहेक हर्न नबजाउन आग्रह गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय अनावश्यक हर्न प्रयोगले उपत्यकामा ध्वनी प्रदूषण तीव्र रूपमा बढेको जनगुनासो प्राप्त हुँदै आएको छ । लाखौं सवारीसाधन सञ्चालन हुने काठमाण्डुमा यस्तो ध्वनी प्रदूषणले ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा मानसिक तथा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न भइरहेको उल्लेख गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४(१) ३ अनुसार ध्वनी प्रदूषण गर्नु गैरकानूनी हुने स्पष्ट गर्दै अनावश्यक हर्न बजाउने चालकहरूलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ ।




प्रतिक्रिया