इस्ट जोन कप विजेता टोलीलाई क्यानले नगद पुरस्कार दिने

इस्ट जोन कप विजेता टोलीलाई क्यानले नगद पुरस्कार दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मलेसियामा हालै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानले जनाएको छ ।
‘मलेसियामा भएको एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गरी विजयी हुन सफल नेपाली यु–१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही पचास हजारका दरले हौसला स्वरुप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको क्यान प्रवक्ता छुम्बी लामाले बताए ।

नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो।