काठमाण्डु – नेदरल्याण्ड्स र इटालीले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन् । युरोप क्षेत्रीय छनोट पार गर्दै दुई टोलीले विश्वकपमा यात्रा तय गरेका हुन् । इटाली पहिलो पटक विश्वकपमा पुगेको हो भने नेदरल्याण्ड्स पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।
शुक्रबार भएको निर्णायक खेलमा इटाली नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भयो । तर रनरेटको आधारमा दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । नेदरल्याण्ड्सले भने जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित बनायो ।
लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट पार गर्न असफल रह्यो। इटाली र जर्सीसँगको हारले स्कटल्याण्डको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।




प्रतिक्रिया