नेपाल र बङ्गलादेशबीच हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल स्थगित

नेपाल र बङ्गलादेशबीच हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ ।

बङ्गलादेश फुटबल फेडेरेसन (बीएफएफ)ले दक्षिण एशिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल नखेल्ने निर्णय गरेको हो ।

यसअघि आउँदो सेप्टेम्बर ६ र ९ मा काठमाण्डुको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको थियो ।

बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार ३/४ दिनमा मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा हुनेछ । यद्यपि एकपटक बीएफएफले एन्फालाई खेल नखेल्ने भनेर औपचारिक पत्र भने पठाएको छैन ।

यी दुई टोलीबीच फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेल हुने भनिएको थियो । नेपालले यो खेललाई एएफसी एशियन कप छनोट तयारीस्वरुप लिएको थियो । योसँगै नेपालको तयारी अन्योलमा परेको छ ।

फिफा वरीयतामा नेपाल १७५औं र बङ्गलादेश १८२औं स्थानमा छन् । एशियाली कप छनोटमा नेपाल समूह एफमा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् ।

नेपालले अहिलेसम्म दुई वटा खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।