राप्रपाको असन्तुष्ट पक्ष निर्वाचन आयोगमा, नवराज सुवेदीले दिए उजुरी

राप्रपाको असन्तुष्ट पक्ष निर्वाचन आयोगमा, नवराज सुवेदीले दिए उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपाको अनुशासन समितिबाट हटाइएका नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले नेता सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट हटाएपछि असन्तुष्ट नेताहरु निर्वाचन आयोगमा पुगेका छन्।

सुवेदीलाई साथ दिँदै राप्रपा महामन्त्री डा. धवलशमशेर राणा, वरिष्ठ नेता प्रकाशचन्द लोहनीलगायतका नेताहरू पनि आयोग पुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष बनाइएको छ ।

आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी दिएका हुन् ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।

केही दिनअघि अध्यक्ष लिङ्देनले प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि हटाएका थिए । यसपछि राप्रपामा विवाद चुलिएको छ ।

यसैबीच आयोग पुगेका सुवेदीले आफूलाई थाहा नै नदिइ कारबाही गरिएको भन्दै अध्यक्षको स्वेच्छाचारिता भएको टिप्पणी गरे।

‘मलाई अनुशासन समितिबाट हटाउनु अध्यक्षको अध्यक्षको सवेच्छाचारिता हो,’ उनले भने, ‘केन्द्रीय समितिबाट भएको छैन। निर्णय गर्नुअघि मलाई सोध्नुपथ्र्यो। मैले मिडियाबाट थाहा पाएँ मलाई निकालेर अर्को ल्याउनुभयो।’