काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बिचमा लोकप्रिय संस्थाका रूपमा विकास हुँदै गएको बताएका छन् ।
आईतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रूत विकास भइरहेको जानकारी दिए ।
‘मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकी माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नतिको जोड देशव्यापी छ,’ उनले भने, ‘नागरिकमा प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’
नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको बताउँदै मन्त्री लेखकले केही दिनपछि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पुन: विधयेकमाथिको छलफल सुरु हुने धारणा राखे ।
‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरी अवकासमा जाने व्यवस्था विधयेकमा गरिएको छ,’ उनले भने, ‘प्रहरीको उच्च मनोवलका साथ कार्यदक्षता बढ्न सकोस् भनेर प्रहरी संगठनलाई तुलनात्मक रूपले राम्रोसित आगामी बर्षका लागि बजेट विनियोजन गरिएको छ ।’
आमनागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न मन्त्री लेखकले निर्देशन दिएर अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यतात्मक अवस्था हट्ने जनाइएको छ ।




प्रतिक्रिया