चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेदमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । चेल्सीको जीतमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।

पीएसजीले पाएको अवसरमा गुमायो । दोस्रो हाफको ८५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि चेल्सीले आफ्नो अग्रता कायम राख्दै क्लब विश्वकपको च्याम्पियन बन्न सफल भयो। यो जितसँगै चेल्सीले आफ्नो क्लब इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ।