महिला युरो कप : क्वाटरफाइनल खेल्ने ८ टोलीको टुंगो लाग्यो

महिला युरो कप : क्वाटरफाइनल खेल्ने ८ टोलीको टुंगो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला युरो कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो।

जस अनुसार समूह ए बाट नर्वे र स्वीजरल्याण्ड, समूह बी बाट स्पेन र इटाली, समूह सी बाट स्विडेन र जर्मनी तथा समूह डी बाट फ्रान्स र इङल्याण्ड अन्तिम आठमा स्थान बनाए।

अब क्वाटरफाइनलमा स्विडेन र इङल्याण्ड, नर्वे र इटाली, फ्रान्स र जर्मनी तथा स्पेन र स्वीजरल्याण्ड भिड्ने भएका छन्।
क्वाटरफाइनलका खेलहरु बुधबारदेखि शुरु हुने छन्। स्वीजरल्याण्डमा जुलाई २ देखि शुरु भएको महिला युरो कपको फाइनल २७ जुलाईमा हुनेछ। यस प्रतियोगितामा कुल १६ देशले भाग लिएका थिए।