सशस्त्रको डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस

सशस्त्रको डीआईजीमा थापालाई बढुवा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा मनीष थापालाई बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त १ डीआईजीमा बढुवाका लागि थापालाई सिफारिस गरेको छ ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त छ । डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन् । पहिलो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी रहेका छन् ।