काठमाण्डु – एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को साविक उपविजेता ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ।
अघिल्लो संस्करणको टोलीबाट एक खेलाडी रिटेन गर्न पाउने नियम अनुसार ललितपुरले पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो।
यस्तै मधेस युनाइटेडले दोस्रो सिजनका लागि स्पाइकर निरुता ठगुन्नालाई मार्की खेलाडीमा निरन्तरता दिएको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य स्पाइकर समेत रहेकी निरुताले पहिलो संस्करणको लिगमा मधेशका लागि उत्कृष्ट प्रर्दशन गरेकी थिईन्।
दोस्रो संस्करणमा पनि निरुतालाई नै मार्की खेलाडीमा निरन्तरता दिएपछि मधेसले दोस्रो सिजनमा पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताएको छ।
ललितपुरले यसअघि मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नियुक्त गरिसकेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।
दोस्रो संस्करणको लागि शुक्रबार अक्सनमार्फत खेलाडी खरिद हुँदैछन्। अक्सनबाट प्रत्येक टोलीले ए क्याटोगोरी बाट १, बीबाट ३ र सीबाट ३ गरि ७ खेलाडी खरिद गर्नेछन्।




प्रतिक्रिया