त्रिकोणात्मक टी–२० : आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

त्रिकोणात्मक टी–२० : आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गतको तेस्रो खेल शुक्रबारदेखि जिम्बाब्वे र न्युजिल्यान्डबीच हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा खेल शुरू हुनेछ ।

यसअघि शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा २१ रनको शानदार जीत निकालेको थियो । खेलमा युवा ब्याट्सम्यान टिम रोबिन्सनले अविजित ७५ रन बनाए । बलिङतर्फ जेकब डफीले ३ विकेट लिँदै २० रन मात्र खर्चिए ।

घरेलु टोली जिम्बाब्वे भने दक्षिण अफ्रिकासँगको पहिलो खेलमा पराजित भएको थियो । न्युजिल्यान्ड भने पहिलो खेलको जीतपछि खेलमा पनि अघिल्लो टोलीलाई कायम राख्ने सम्भावना छ ।

न्युजिल्यान्ड खेल जितेर सिरिजमा आफ्नो पकड बलियो बनाउने लक्ष्यमा छ भने जिम्बाब्वे आफ्नो घरेलु मैदानमा जीत निकाल्दै पुनरागमन गर्ने रणनीतिमा छ ।