कर्णाली विकास बैंकको पौने ५ अर्ब घोटाला प्रकरण- राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

कर्णाली विकास बैंकको पौने ५ अर्ब घोटाला प्रकरण- राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्। कर्णाली विकास बैंकको घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ परेका हुन् ।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाण्डुको टोखा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको थियो । सोहि आरोपमा सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेतलाई पक्राउ गरिएको हो ।

योसँगै यस बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ।

यसअघि प्रहरीले नेकपा एमालेका नेता पशुपति दयाल मिश्र, तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय लाई पक्राउ गरेको थियो। मिश्र बैंकको तत्कालीन अध्यक्ष थिए।

यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेर ल्याएको थियो। यो ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता रहेको सिआइबीको निष्कर्ष छ।