काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनमा कांग्रेस प्रष्ट हुनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
थापाले नेपालको संविधानमा भएका विशेषता कसैले खोस्न नसक्ने बताए । उनले भने, ‘नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जून छ यसका जून विषेशताहरु छन् यो कसैले दिएको हैन । यो कसैले खोसेर लान सक्दैन । त्यसैले संविधान संशोधनमा नेपाली कांग्रेसको पोजिसन एकदम प्रस्ट हुन आवश्यक छ ।’
उनले सबै पक्षसँग छलफल र संवाद गरी संविधान संशोधनको बाटोमा लिएर जाने समेत बताए ।




प्रतिक्रिया