२ महिनामै महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा, के हो विवाद ?

२ महिनामै महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा, के हो विवाद ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनिति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।

एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो।

कप्तानी विषयमा विवाद भएपछि एन्फाका अफिसियल टोलीले पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक प्याट्रिकमाथि सबै दोष लगाएका थिए।