कांग्रेस नेताहरू सामूहिक छलफलमा जुट्दा प्रधानमन्त्री ओलीमाथि दबाब, यस्तो निष्कर्ष

कांग्रेस नेताहरू सामूहिक छलफलमा जुट्दा प्रधानमन्त्री ओलीमाथि दबाब, यस्तो निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवानिकट नेताहरू भेला भएर छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब पर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन रुचि नदेखाएका बेला कांग्रेसका प्रभावशाली नेताहरूले कांग्रेस–एमालेबीच गठबन्धन बनाउँदा भएको संविधान संशोधनको सहमति कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

नेताहरूको छलफलले गठबन्धनको भावनाअनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए । कांग्रेसबाट सरकारमा रहेका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भएको बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबारको बैठकको निष्कर्ष मन्त्री सिंहले लगेर प्रधानमन्त्री ओलीलाई सुझाउने सल्लाह भएको छ । गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार २ दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेकोप्रति नेताहरूको असन्तुष्टि छ ।

सोमबारको बैठकमा भएको छलफलबारे मंगलबार नै पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने सिटौलाले जानकारी दिए । उनले भने, ‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ । जाने गरी विश्वासको आधारमा काम गर्नुपर्छ ।’

यसअघि कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायत नेताहरूले पनि सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।