काठमाण्डु – अवैध लागूऔषध गाँजासहित काठमाण्डुबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा करीब १४ किलो २१० ग्रामसहित भारतीय नागरिक ३२ वर्षीय धर्मेश रसिकभाई चौनारा सोमबार दिउँसो पक्राउ परेका छन् ।
थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाण्डु आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट गाँजा फेला पारी पक्राउ गरिएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।




प्रतिक्रिया