५० जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- सर्तकता अपनाउनु

५० जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- सर्तकता अपनाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ५० जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च छ।

यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।