काठमाण्डु— सभापति शेरबहादुर देउवालाई भेट्न नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू बूढानीलकण्ठ पुगेका छन्।
सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलको निष्कर्ष सुनाउन उनीहरु देउवा निवास पुगेका हुन् ।
उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका हुन्।
उनीहरुले देउवालाई भेटेर नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार गठबन्धनको भावनाबमोजिम सरकारले कामकारबाही गर्नुपर्ने र संविधान संशोधनका विषय अघि बढाउनुपर्ने पूर्वपदाधिकारीहरूको निष्कर्ष सुनाएका छन् ।
पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने भेटमा सहभागी भएका छैनन् ।




प्रतिक्रिया