प्रधानमन्त्रीले भ्रष्टाचारीलाई गाला मुसारेर मन्त्रिपरिषद्‍मा राखेका छन् : सांसद आले

प्रधानमन्त्रीले भ्रष्टाचारीलाई गाला मुसारेर मन्त्रिपरिषद्‍मा राखेका छन् : सांसद आले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उलने भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको टिप्पणी गरे।

उनले भने ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकी भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिन्छ । जताततै भ्रष्टाचार देखिन्छ ।’

भ्रष्टाचार गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा राखेको भन्दै उनले भने भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ। र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ। एक जना मन्त्रीलाई निकाल्नुभयो। अर्को एक जना पाइपलाईनमा हुनुहुन्छ। उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ? ’