काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् ।
मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी बिग्रिँदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले प्रचण्ड कमरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौं । माओवादी कसरी बिग्रिँदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’
उनले देशमा दलाल पुँजीवादहरू र नेपाली जनताको बीचको अन्तरविरोधहरू हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।




प्रतिक्रिया