काठमाण्डु– सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद्को क्यालेन्डरबारे छलफल गर्न बुधबार १२ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमामा बस्नेछ ।
यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया