घुस डिल अडियो काण्ड : बयानका लागि अख्तियार पुगिन् रञ्जिता श्रेष्ठ

घुस डिल अडियो काण्ड : बयानका लागि अख्तियार पुगिन् रञ्जिता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकी छिन् ।

बिचौलियासँग ‘घुस डिल अडियो काण्ड’मा नाम जोडिएपछि बयान दिनका लागि उनी बुधबार दिउँसो अख्तियार पुगेकी हुन् ।

अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिन भइरहेको छ ।

छानविनका क्रममा अख्तियारले श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बोलाएको हो ।