तपाइँ कुन तेल खानुहुन्छ ?

तपाइँ कुन तेल खानुहुन्छ ?

यस्तो छ सूर्यमुखी, तोरी वा भटमासको तेलको फाइदा र बेफाइदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हालैका दिनहरूमा कनोला (तोरी वा सर्सिउँ प्रजाति) र सूर्यमुखीको बिउबाट निकालिएका तेलको हानिकारक प्रभावबारे विवादास्पद दाबी भइरहेका छन। तर के ती दाबीहरूमा सत्यता छ ?

पक्कै पनि तपाईँको भान्साको कुनाकाप्चामा सूर्यमुखी वा तोरीजन्य वनस्पतिका बीउबाट निकालिएको तेलको बोतल वा प्याकेट हुनुपर्छ ।

चाहे तपाईँ त्यसलाई भुटुनका रूपमा तरकारीमा हाल्नु होस् वा सलादमा छर्कनुहोस्, यस्ता तेलको प्रयोग संसारभरि नै व्यापक र लोकप्रिय रूपमा भइरहेको छ । तर अहिले यस्ता तेलहरूबारे बहस पनि भइरहेको छ ।

कतिपयले त ‘आठ अति मन नपर्ने तेलहरू’ उपमा दिँदै बताउँछन् । ती आठ भनेका मुख्य रूपमा विश्व बजारमा खपत हुने दानाहरूबाट बन्ने आठ प्रकारका तेलहरू हुन् ।

त्यसरी तेल बनाइने र धेरै चल्तिमा रहेका दानाहरूमा कनोला, मकै, भटमास र सूर्यमुखीलगायत सबैजसो पर्छन् ।

यी तेलहरूले मुटुसम्बन्धी रोग र टाइप टु मधुमेह लगाउने दाबी गरिएका छन् । तर के यी तेलहरू हाम्रो स्वास्थ्यका लागि घातक नै हुन् त? त्यसबारे यहाँ चर्चा गरिएको छ ।

तेल र मुटुको स्वास्थ्य

सीड अइल पनि भनिने यस्ता तेलहरूमा उच्च मात्रामा पाइने ओमेगा–सिक्स फ्याटी एसिडलाई लिएर हालै बहसहरू भएका छन् ।

ओमेगा–सिक्स फ्याटी एसिड भनेका आवश्यक फ्याटी एसिडहरू हुन् । ती हाम्रो शरीरका लागि आवश्यक छन् तर हामी आफैँले ती तत्त्वहरू उत्पादन गर्न सक्दैनौँ ।

केही वैज्ञानिकहरूले ओमेगा–सिक्सले दीर्घकालिक सूजन निम्त्याउन सक्ने तर्क गरिरहेका छन् । त्यसको अर्थ के हो भने मानिसमा त्यसले मुटुरोग र क्यान्सर लगायतको जोखिम बढाउन सक्छ ।

अमेरिकाको म्यासाचुसेट्सस्थित टफ्टस् युनिभर्सिटीको फूड इज मेडिसिन इन्स्टिट्युटका प्राध्यापक तथा निर्देशक दारिअस मोजाफेरिअनका अनुसार नियन्त्रित रूपमा गरिएका परीक्षणहरूले पत्ता लगाएका कुरा के हुन् भने ओमेगा–सिक्स फ्याटी एसिडले सूजन बढाउँदैन भन्ने देखाएको छ ।

‘नयाँ अनुसन्धानले ओमेगा–सिक्स फ्याटी एसिडले लिपोक्सिन जस्ता युनिक प्राकृतिक मोलिक्युलहरूलाई बढाउने देखाएको छ । त्यसले शरीरमा शक्तिशाली एन्टी–इन्फ्लेमेटरी प्रभाव पर्छ,’ उनको अनुसन्धानको निष्कर्ष छ।

लगभग ३० वर्षसम्मका अमेरिकामा २ लाख भन्दा बढी मानिसहरूको आहारा र स्वास्थ्यको अध्ययन गरेको हालैको एउटा अनुसन्धानले पनि यस्ता तेलहरूबारे उल्लेख गरेको छ ।

उक्त अनुसन्धानमा अनुसन्धानकर्ताहरूले वनस्पतिजन्य तेलहरू (जसमा चर्चा गरिरहेका जस्ता दानाहरूबाट उत्पादित तेल पनि पर्छन्) को उपभोग गर्ने मानिसहरूमा गरिएको अध्ययनले उनीहरूमा मुटुरोग वा क्यान्सरबाट मर्ने सम्भावना कम देखिएको पत्ता लगाएका थिए ।

अर्कोतर्फ मखन वा घिउको सेवन बढी गर्नेहरूको सोही अवधिमा मृत्यु हुने सम्भावना बढी देखिएको थियो । ओमेगा–सिक्सले हाम्रो मुटुको स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने हेर्नका लागि अवलोकनात्मक अध्ययनहरू भएका छन् ।

ओमेगा–सिक्सको सेवन मापन गर्ने अर्को तरिका भनेको व्यक्तिको आहारामा त्यसको औसत मात्रा मापन गर्नु हो । तर त्यो पनि त्यति सहज नभएको उनको तर्क छ ।

हाम्रो स्वास्थ्यमा ओमेगा–सिक्सको प्रभावको अनुसन्धान गरिएका अध्ययनहरू लिनोलिक एसिडमा केन्द्रित छन् । त्यो यस्ता तेलमा उच्च मात्रामा पाइने ओमेगा–सिक्स फ्याटी एसिड हो र त्यसले हाम्रो रगतमा हुने ‘खराब’ एलडीएल कोलेस्ट्रोललाई कम गर्ने पाइएको छ ।

सन् २०१९ मा गरिएको एक अध्ययनमा मार्कल्यान्डले झन्डै ३० वटा अवलोकनात्मक अध्ययनका सहभागीहरूको रगतमा फ्याटी एसिडको स्तरबारे अध्ययन गर्न आफ्नो ध्यान केन्द्रित गरे ।

ती अध्ययनमध्ये केहीले ३० वर्षसम्म मानिसहरूमा अध्ययन गरेका थिए र तीमध्ये कति जनालाई मुटुरोग लागेको थियो र त्यसबाट मृत्यु भएको थियो भनेर पनि हेरेका थिए ।

यो आंशिक रूपमा ब्लड क्लटिङको प्रक्रियामा ओमेगा–सिक्सको भूमिकाबाट उत्पन्न हुन्छ । गार्डनरका अनुसार त्यसलाई मानिसहरूले गल्तीले हृदयाघात र मुटुरोगसँग मात्र जोड्छन् ।

यस्ता तेलको खराबीबारे भनिने अर्को कुरा ओमेगा–थ्रीको तुलनामा धेरै ओमेगा–सिक्स खानु हानिकारक हुन्छ भन्ने हो ।
पश्चिमी विश्वमा ओमेगा–सिक्स फ्याटी एसिड कुल ऊर्जा सेवनको लगभग १५ हुन जान्छ ।

ओमेगा–थ्री र ओमेगा–सिक्सको व्यक्तिगत रूपमा औसत अनुपात ५०ः१ सम्म हुन सक्छ । यद्यपि एक अध्ययनअनुसार मुटुरोगको जोखिम कम गर्न यसको अनुपात ४ः१ भन्दा बढी हुनुपर्छ भन्ने छ ।

उच्च ओमेगा अनुपात अर्थात् ३ः६ को अनुपातले पनि डिप्रेसनको जोखिमलाई २६ प्रतिशत कम गर्ने कुरासँग जोडिएको छ ।
समग्रमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अध्ययनमा संलग्न वैज्ञानिकहरूले निष्कर्ष निकालेअनुसार यस्तो तेलबाट ओमेगा–सिक्स फ्याटी एसिडको उच्च सेवनले मृत्यु र रोगको जोखिम बढाउने सम्भावना छैन । यद्यपि उनीहरूले थप उच्च गुणस्तरको अनुसन्धान आवश्यक रहेको औल्याएका छन् ।

केही वैज्ञानिकहरूले ओमेगा–थ्रीको तुलनामा धेरै मात्रामा ओमेगा–सिक्स खानु हुँदैन भन्ने तर्क गरे पनि मार्कलुन्ड ओमेगा–सिक्स कम खानुको सट्टा ओमेगा–थ्रीको मात्रा बढाउनु राम्रो भएको बताउँछन् किनभने दुवै स्वास्थ्यका लागि लाभकारी छन् ।
अन्य तेलहरू भन्दा फरक ढङ्गले यी तेलहरू वनस्पतिको बीउबाट निकालिन्छन् ।

यद्यपि कतिपयले यस्ता तेलहरू क्रुड अइलमा हुने हेक्सीन भनिने रसायनसँगै यसलाई पनि निकालिन्छ भन्ने चिन्ता व्यक्त गरेका छन् ।

हाम्रो स्वास्थ्यमा ओमेगा–सिक्सले हुने सम्भावित फाइदा उजागर गर्ने प्रशस्त अनुसन्धानहरू भएका छन् ।
तर हालै अनुसन्धानकर्ताहरूले यो फ्याटी एसिडले एक विशेष प्रकारको स्तन क्यान्सरको वृद्धिलाई बढावा दिन सक्ने पत्ता लगाएका छन् ।

यी निष्कर्षहरूले अन्य रोगहरूमा पनि ओमेगा–सिक्सको सेवनको प्रभाव हुन सक्नेतर्फ संकेत गर्छन् । क्यान्सरका कोषहरूले बढ्न र त्यसलाई विस्तार गर्न गर्न पोषक तत्वहरूलाई इन्धनको रूपमा प्रयोग गर्छन् तर अहिलेसम्म ओमेगा–सिक्स फ्याटी एसिडले खेल्ने भूमिकालाई हेरेर सीमित मात्र अनुसन्धान गरिएको छ ।

यद्यपि यसै वर्ष मार्चमा प्रकाशित एक अध्ययनले लिनोलिक एसिडले क्यान्सर कोषहरूलाई ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर अर्थात् टीएनबीसी भएका बिरामीहरूमा बढ्न र फैलन गर्न मद्दत गर्ने संयन्त्र पत्ता लगाएको छ ।

त्यसैले ओमेगा–सिक्सका केही असरलाई हेरेर त्यसलाई पूर्ण रूपमा बन्द गरिए त्यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्नेतर्फ पनि विचार गर्नुपर्ने चिकित्सकहरूकोे सुझाव छ ।

यस्ता तेलमध्ये जस्तो तोरीजन्य दानाहरू वा भटमासको तेलबारे धेरै अध्ययनहरू भएकाले त्यस्ता तेलको असरबारे व्यापक प्रमाणहरू पाउन सकिन्छ । तोरीजन्य तेलमा समान एन्टी–इन्फ्लेमेटरी प्रभावहरू रहेका छन् र जैतुनको तेलभन्दा रगत त्यसले कोलेस्ट्रोलको स्तरमा राम्ररी सुधार गर्छ ।

यस्तो तेललाई दीर्घकालदेखि मानव स्वास्थ्यका लागि सबैभन्दा स्वस्थकर मान्ने गरिएको छ । अन्य स्याचुरेटेड फ्याटको तुलनामा भटमासको तेलले पनि कोलेस्ट्रोलको स्तरमा सुधार गरेको पाइएको छ ।

कस्तो तेल स्वस्थकर ?

बीउहरू नै प्रकृतिका सबैभन्दा पौष्टिक उपहारहरू मध्ये एक हुन् र यी लाभदायक स्वस्थ फ्याट सहित हामीलाई प्राप्त हुन्छन् ।
पोषण विज्ञान भित्र निकै राम्रोसँग अध्ययन गरिएको विषय भए पनि धेरै प्रतिक्रिया पाउँदा त्यो केही वैज्ञानिकहरूका लागि भ्रमको स्रोत बनेको छ ।