काठमाण्डु – नेपाली सेनाको सैनिक वार कलेज नगरकोटमा सञ्चालित ‘सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरूले साउन ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आइरहेको विविध कार्यहरूबारे जानकारी लिनुका साथै सशस्त्र प्रहरी बल नेपालबारे राखेका विविध जिज्ञासाहरूको सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारीले प्रष्ट पारेका छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले शिक्षार्थी अधिकृतहरूलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्र तथा भूमिका, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सुरक्षा चुनौतीहरू र नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको विद्यमान तथा भविष्यमा गर्न सकिने आपसी समन्वय, सहयोग र सहकार्य लगायतका विविध विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली सेनाका महासेनानी शिखर जंगबहादुर राणासहितको प्रशिक्षक तथा शिक्षार्थी अधिकृतहरूले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामग्रीको अवलोकन गरी जानकारी समेत लिएका थिए ।




प्रतिक्रिया