उद्योगमन्त्री भण्डारी र आइओइका महासचिव सान्तोसबीच भेटवार्ता

उद्योगमन्त्री भण्डारी र आइओइका महासचिव सान्तोसबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा रोजगारदाताको अन्तरराष्ट्रिय सङ्गठन (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको उनले बताए ।

नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको र सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको जानकारी गराए।

महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाका बारेमा विश्वभरका लगानीकर्तामाझ सूचनाको सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधिको हस्तान्तरण लगायतका क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न मन्त्री भण्डारीले अनुरोध गरे ।

आइओइका महासचिव सान्तोसले नेपालमा लगानी सम्भावना रहेको तथा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सृजना गरेको अवसर र चुनौतीको बारेमा यस भ्रमणका बारेमा थप बुझ्ने मौका प्राप्त गरेको बताए । उनले नेपालका साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भइरहेको उल्लेख गरे ।