काठमाण्डु – नेपाल प्रहरीले लामो समयदेखि सम्पर्कसविहीन रहेका २२ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार सूचना जारी गर्दै ४ जना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।
२२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिइएको हो।
गैरहाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्।





प्रतिक्रिया