इङ्ल्यान्डले जित्यो महिला युरोको उपाधि

इङ्ल्यान्डले जित्यो महिला युरोको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो ।

योसँगै इङ्ल्यान्डले फिफा महिला विश्वकपमा भोगेको हारको बदला पनि लिएको छ।

स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित र थप समय पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो ।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको यो पहिलो ठूलो उपाधि हो । सेमिफाइनलमा इङ्ग्ल्यान्डले इटालीलाई र स्पेनले जर्मनीलाई हराउँदै फाइनलमा पुगेका हुन् ।