इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता 

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि इराकस्थित यूएन मिसनमा कार्यरत नेपाली कर्मचारी एवं शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।

शान्ति सैनिकहरू क्रमिक रूपमा फिर्ता गरी २०८२ पुस १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरूमध्ये अन्तिम २७ जनाको टोली मंगलबार प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको योजनाअनुसार अन्तिम टोलीको आगमनसँगै मिसनबाट असार २४ गतेपश्चात् विभिन्न ४ वटा व्यावसायिक उडानमार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका छन् ।