काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३४ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।
महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३४ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।
आज संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा, अछाम, डोटी, डोल्पा, मुगु, हुम्ला, र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहेको छ ।
यस्तै ताप्लेजुङ्ग पाँचथर, ओखलढुगां, काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, पर्वत, रुकुम पुर्व, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहेको महाशखाले जनाएको छ ।
आज २३ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया