प्रहरी मुख्यालयमा हलुका सवारी चालक तालिम सुरु

प्रहरी मुख्यालयमा हलुका सवारी चालक तालिम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालन हुने २८औं समूहको हलुका सवारी चालक तालिम सुरु भएको छ ।

महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच तालिमको उद्घाटन गरे ।

कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यअवधिको तालिममा ३९ जना प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिए ।