एसिया कप यूएईका दुई सहरमा हुने

एसिया कप यूएईका दुई सहरमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युनाइटेड अरब इमिरेट्स (यूएई)का दुई सहर दुबई र आबुधाबीमा एसीसी एसिया कपको १७औँ संस्करण आयोजना हुने भएको छ ।

आइतबार एसियाली क्रिकेट काउन्सिल (एसीसी(ले यूएईलाई एसिया कप आयोजनाको अधिकार दिएकको हो । एसिया कपको यो संस्करण ट्वान्टी–२० संरचनामा आयोजना हुनेछ ।

‘यूएईमा प्रतियोगिता आयोजना गर्न हामी उत्साहित छौँ । प्रतियोगिता आयोजनाका निम्ति दुबई र आबुधाबीले सबै तयारी पुरा गरेको छ’, एसीसीका अध्यक्ष मोहसिन नाक्बीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एसीसीका अनुसार, आगामी सेप्टेम्बर ९ देखि २८ सम्म चल्ने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

आबुधाबीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र हङकङले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल दुबईमा हुने तालिका छ ।

प्रतियोगिताका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसको समूह एमा पाकिस्तान, भारत, यूएई र ओमान छन् ।त्यसैगरी, समूह बीमा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन् । प्रतियोगिताको तालिकाअनुसार, भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर १४ मा हुनेछ ।