लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा – लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका–४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।