काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री लामाले आईतबार पत्रकार सम्मेलनबाट राजीनामाको घोषणा गरेर साँझ प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामा पत्र दर्ता गराएका छन् ।
साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनीमाथि राजीनामा गर्न दबाब परेकोमा सभापति शेरबहादुर देउवासँग भेटेपछि उनी राजीनामा गर्न तयार भएका थिए । २०८१ साउनमा उनी मुख्यमन्त्री बनेका थिए ।
राजीनामा दिएलगत्तै मुख्यमन्त्री लामा काठमाण्डु आएका छन् ।




प्रतिक्रिया