रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा आवेदन साउन २६ गतेदेखि भर्न सकिने

रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा आवेदन साउन २६ गतेदेखि भर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रोजगारीका लागि दक्षिण कोरिया जान ईपीएस भाषा परीक्षाका लागि साउन २६ गतेदेखि आवेदन भर्न सकिने भएको छ ।

दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले आईतबार वेबसाइटमार्फत साउन २६ गतेदेखि आवेदन भर्न सकिने जनाएको छ ।

साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेकोमा सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

नेपालीले दक्षिण कोरियाको रोजगारीलाई आकर्षक मान्ने गरेका छन् ।