टप एन्ड टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

टप एन्ड टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

सिरिज आगामी १४–२४ अगस्टसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुँदैछ ।

कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी छन् । टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् । उनी स्टकल्याण्ड टुरमा टोलीमा समावेश थिएनन् ।

प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी हुनेछन् । नेपालले पहिलो खेल १५ अगस्टमा एनटी स्ट्राइक, त्यसपछि क्रमश: बंगलादेश ए, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

लिग चरणपछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले फाइनलसम्म पुग्न सके ८ खेल खेल्नेछ ।