उच्च अदालतमा महिला न्यायाधीशको संख्या बढाइँदै, ३ नयाँ सिफारिस

उच्च अदालतमा महिला न्यायाधीशको संख्या बढाइँदै, ३ नयाँ सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यायिक क्षेत्रलाई समावेशी बनाउन पछिल्लो समय उच्च अदालतमा महिला न्यायाधीशको संख्या बढाउँदै लगिएको छ ।

न्याय परिषद् बैठकले बिहीबार उच्च अदालतका न्यायाधीश सिफारिस गर्दा ३ जना महिला न्यायाधीश सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीश सिफारिस गरेको छ, जसमध्ये ३ जना महिला छन् । यससँगै उच्च अदालतमा महिला न्यायाधीशको संख्या १८ पुग्नेछ ।

परिषद्ले जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली, कानून व्यवसायीको तर्फबाट शर्मिला थापा र निशा बानियाँ उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषद् बैठकले मैनालीलाई उच्च अदालत पाटन, थापालाई उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजालास र बानियाँ उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासमा सिफारिस भएकी छन् । यसअघि वैदेशिक रोजगार न्यायाधीकरणको सदस्य भइसकेकी बानियाँ हाल श्रम अदालतको सदस्य रहेकी छन् ।

सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश रहेकोमा ३ जना न्यायाधीश महिला छन् । न्यायाधीशहरू सपनाप्रधान मल्ल, शारंगा सुवेदी र शान्तिसिंह थापा सर्वाेच्चमा छन् ।