काठमाण्डु – रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुघंटनामा श्रीमान् भने घाइते भएका छन् ।
आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीको मृत्यु भएको हो । दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
घाइते भएका उनका श्रीमान् उत्तम चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । गाडी नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया