क्यान र नासाबीच राष्ट्रिय क्रिकेट टीमको जर्सी प्रायोजन सम्झौता

क्यान र नासाबीच राष्ट्रिय क्रिकेट टीमको जर्सी प्रायोजन सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी प्रायोजन गर्ने भएको छ ।

आईतबार नेपाल क्रिकेट संघ (क्यान) र नासाबीच जर्सी प्रायोजन सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी सार्वजनिक गरिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलले संयुक्त रूपमा जर्सी अनावरण गरेका छन् ।

सम्झौतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका महाप्रबन्धक उत्सव ढुंगाना, नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेल र नासाका अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जर्सी प्रायोजनका लागि नासाले वार्षिक २ करोड ३६ लाखका दरले ३ वर्षको ७ करोड ८ लाख रुपैयाँ लगानी गर्नेछ ।