‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’मा नेपाली टोली दोस्रो

‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’मा नेपाली टोली दोस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’मा नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितमा भाग लिन नेपाली टोली सोमबार भारत प्रस्थान गरेको थिए ।

भारतको कर्नाटका राज्यको शिभमोग्गा शहरमा अगस्त ९ र १० मा आयोजना भएको ‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’ उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हुन सफल भएको हो ।  मेडलको आधारमा तय गरिने स्थानअनुसार भारत प्रथम, नेपाल दोस्रो, श्रीलंका तेस्रो भएको छ ।

नेपालबाट खुल्ला पुरुषतर्फ रञ्जन कुमार सापकोटाले १ स्वर्ण, १ सिल्बर पदक हात पारेका छन् । पुरुष उमेर समूहतर्फ सन्देश कार्कीले २ स्वर्ण, शिशिर नेपाली २ सिल्बर, देवेन्द्र गमालले २ स्वर्ण, रबिन कुमार जैसवालले २ स्वर्ण, सरोज राईले २ सिल्बर पदकहरू हात पारेका छन् । महिला उमेर समूहतर्फ नितिशा बुढाथोकी १ स्वर्ण १ सिल्बर, आयुशा लामाले १ स्वर्ण १ सिल्बर पदक प्राप्त गरेका छन् ।

टोलीको नेतृत्व माओले शोतोकान करातेका वरिष्ट प्रशिक्षक एवं निर्णायक अजयभक्त श्रेष्ठले गरेका थिए । 

टोलीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, मलेसिया, ग्याबोन, अमेरिका, बंगलादेशबिच प्रतिस्पर्धा भएको थियो ।