काठमाण्डु– नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले काठमाण्डु–तराई–मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन्।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालयमा भएको राष्ट्रिय सरोकार समितिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरेका हुन् ।
सिग्देलले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए।
ललितपुरको खोकना प्रस्थान बिन्दु रहेको फास्टट्र्याकको सिकाली मन्दिर क्षेत्र र किरियापुत्री बस्ने ठाउँहरूलाई छोडेर नयाँ डीपीआर तयार पारेको सिग्देलको भनाइ छ। ‘खोकना प्रस्थान बिन्दु पनि हो। ६५ किलोमिटरसम्म लम्बाई छ। ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण ठाउँ छ’ , ‘उनले भने,’सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बस्ने ठाउँहरू छन् त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौँ।’




प्रतिक्रिया