काठमाण्डु – उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की जिल्ला अदालतले लिएको धरौटी विरुद्धको निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ अघि बढेको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ६५ लाख रूपैयाँ धरौटीमा छुटेका लामिछानेलाई थुनामै राख्नुपर्ने माग राखी सरकारी पक्षले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएकोमा तोकिएको धरौटी रकम चर्को परेको भन्दै रविले पनि निवेदन दर्ता गराएका छन् ।
ती दुवै निवेदन एकसाथ राखी उच्च अदालतले सुनुवाइ अघि बढाएकोमा सुनुवाइ नसकिएकाले थप सुनुवाइका लागि अर्काे बिहीबारका लागि पेशी तोकिएको छ ।
मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासमा बिहीबार बहस सकिएन । समय अभावको कारण सुनुवाइ नसकिएको भन्दै अर्को पेशी बिहीबारका लागि तोकेको उच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निलप्रसाद पनेरुले बताए ।
सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी, आरती गुरुङ, मीना गुरुङ, रामबहादुर खनाल, लीला पछाईंसहित ७ जना धरौटीमा रिहा भएका थिए ।




प्रतिक्रिया