कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मालाई जिम्मेवारी

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मालाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लीलाप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।

गृहमन्त्री रमेश लेखकको निर्णयबाट बिहीबार शर्मालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागको महानिर्देशक पद रिक्त थियो ।

पछिल्लो समय कारागारभित्र देखिएको विवादका कारण तत्कालीन महानिर्देशकलाई हटाइएर नयाँ महानिर्देशक नियुक्त गरिएको छ ।