रास्वपाको आरोप : प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो

रास्वपाको आरोप : प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राखेको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता मनिष झाले संसद्मा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलनबाहेक केही पनि नभएको बताए ।

उनले भने, ‘हिजो प्रधानमन्त्रीज्यूले संसद्मा जुन अभिव्यक्ति दिनुभयो, त्यसप्रति खेद व्यक्त गर्दछौं । हाम्रो पार्टीको बारेमा उहाँले बोल्नुभयो भनेर हामीलाई चिन्ता नै छैन । प्रधानमन्त्रीज्यूले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु भनेको त मानसिक विचलन बाहेक केही पनि होइन ।’

प्रधानमन्त्री ओलीले संसद्मा रास्वापाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले जवाफ सधैं माग्ने र त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र नभई दयालाग्दो कुरा भएको बताए ।

उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘लगानीको वातावरण कमजोर हुँदै छ । त्यसका बारेमा त बोल्नुभएन । हामीलाई चिन्ता छ । तर उहाँलाई चिन्ता थुनामा रहेको नेताको बारेमा नानाथरी स्तर गुमाएर अपव्याख्या गर्दै हुनुहुन्छ । टेबल ठोक्नेहरू पनि पाउनु भएकै छ । सुशासन सदनमा आउने राम्रो भाषणले होइन । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिन्छ । ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ?’