काठमाण्डु– कुवेतमा प्रतिबन्धित मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । अझै केही उपचाररत छन् भने केहीलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ।
शुक्रबार नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले मृत्यु हुने नेपालीको संख्या १६ पुगेको बताएको हो ।
मृत्यु हुनेहरूको विवरण संकलन भइरहेको महासंघका अध्यक्ष एकराज मल्लले जानकारी दिए ।
‘अति प्रज्वलनशील पदार्थ मेथानोल (CH, OH) मिस्रित मदिरा सेवनबाट गत सातादेखी हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको दुखद् निधन भएको छ । १ सय ६० बढी स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत छन् । बिषाक्त मदिरा सेवन गरि निधन हुनेमध्य १६ जना नेपाली आप्रवासी श्रमिकहरु रहेको पुष्टी भएको छ ।’अध्यक्ष मल्लले भने
अध्यक्ष मल्ल र सचिब आङकाजी शेर्पाले कुवेतमा श्रमरत सम्पूर्ण नेपालीहरुलाई मदिरा, लागुऔषध तथा स्थानीय कानुनले बन्देज गरेका कुनै पनि अबैधानिक उत्पाद सेवन, कारोबार, ओसारपसार नगर्न नगराउन अनुरोध सहित सचेत गराएका छन् ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश पीडितहरू निर्माण मजदुर रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। मन्त्रालयका अधिकारीहरूले मदिरामा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन बनाउन प्रयोग हुने विषालु रसायन मेथानोल मिसाइएको पुष्टि गरेका छन्।
कुवेतमा मदिरा आयात, उत्पादन तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ, तर अवैध रूपमा उत्पादन हुँदै आएको र नियन्त्रण विहीन स्थानहरूमा बिक्री भइरहेको रिपोर्ट गरिएको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान जारी छ।
काठमाण्डु यस्तै करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुन साथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीहरूको अस्थाबारे जानकारी लिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपी विज्ञप्तिमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको यकिन संख्या उल्लेख छैन ।






प्रतिक्रिया