काठमाण्डु – चलचित्र बलिदानको टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा क्रोध, देशभक्ति भावना र न्यायका लागि गरिएको बिन्ती छ ।
देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको भन्ने संवादसँगै सुरु हुने टिजरमा देशको रक्षाका लागि गरिएको संघर्ष छ ।
‘जब ती निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ ? के यो धर्तीमा अब त्यस्तो युग पुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस् ?’ अभिनेत्री ऋचा शर्माको यो संवाद टिजरको भावनात्मक केन्द्रबिन्दु हो ।
त्यसपछि अभिनेता समीर भट्टको प्रवेश हुन्छ । उसले दुष्टहरूको अन्त्य गर्न सुरु गर्छन् ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्र दसैँको फूलपातीको दिन रिलिज हुँदै छ । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् ।




प्रतिक्रिया