काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेता दिपक बोहराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन् ।
शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरूसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् ।
उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो । उपनिर्वाचनका कारण जस्तो देखिन्छ । किनकी जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ नेता बोहराले थप भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौं । मानव अधिकार आयोगले नै किन भन्नुपर्यो त ?’
उनले रविलाई जुनसुकै कारागार राखे पनि सुरक्षित हुनुपर्ने बताए । ‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो । पछिल्ला कैलालीका कारागारहरूमा जुन घटनाहरू भइरहेका छन्, त्यसले के देखाउँछ ? रवि दाइ जहाँ भए नि सुरक्षित हुनुपर्यो, त्यो उनीहरूको जिम्मेवारी हो,’ उनले भने ।




प्रतिक्रिया