काठमाण्डु – करेन्ट लागेर देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ ।
मोरङको विराटनगर महानगरपालिका–४ ईक्राही बस्ने ६० वर्षीय लक्ष्मण यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
रौतहटको बौधीमाई नगरपालिका–६ पिपरिया बस्ने ५७ वर्षीय जयकरण राय यादवको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा विद्युतीय मोटरबाट पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनको मृत्य भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार बस्ने ७५ वर्षीय डम्बर बहादुर डाँगीको करेन्ट लागेर मृत्यु भएको छ । विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया