भारतले दियो नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर उपहार (तस्बिरहरू)

भारतले दियो नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर उपहार (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल, ६ वटा सैनिक घोडा र ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर उपहार दिएको छ ।

नेपालको दुई दिने भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डामा सोमबार भारतका विदेश सचिव मिस्रीले नेपाली सेनालाई लाइट स्ट्राइकिङ भेइकल उपचार स्परूपले हस्तान्तरण गरे ।

सोही अवसरमा विदेशसचिव मिस्रीले ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा सैनिक घोडा पनि हस्तान्तरण गरे ।

यस्तै, केही स्वास्थ्य सामग्रीहरू समेत विदेश सचिव मिस्रीले हस्तान्तरण गरेका छन् । त्यसअघि सैनिक मुख्यालयमा विदेश सचिव मिस्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता पनि गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन विदेशसचिव मिस्री आइतबार काठमाण्डु आएका थिए ।